माघे संक्रान्ति खाने चलचित्र ६ एकान ६ को भिडियो सार्बजनिक


(सेलिब्रेटी नेपाल) १५ मङ्सिर-यस पालिको माघे संक्रान्तिको मौका छोपेर पौष २६ गते रिलिज हुन लागेको चलचित्र ‘६ एकान ६’को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ । बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यको स्वर रहेको उक्त गीतमा फिल्मका ७ मुख्य पात्र सहित हरिबंश र दीपाश्री निरौलालाई पनि फिचरिङ गरिएको छ।
6-ekan-6
निर्मल शर्मा र दीपकराज गिरीको निर्माणमा दिनेश डिसीले निर्देशन गरेको हास्य प्रधान चलचित्र ‘६ एकान ६’को प्रस्तुत सार्वजनिक गीत प्रोमोशनका लागि तयार पारिएको हो। गीतमा निता ढुंगानाको साथमा ६ जना हाँस्य कलाकारहरू दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे र सन्दीप क्षेत्री मुख्य पात्रको रूपमा देखिएका छन्। चलचित्रमा शम्भुजित बास्कोटाले संगीत दिएका छन्। रिलिज गरिएको उक्त गीतमा हरिबंश आचार्य सहित किरण केसी र दिनेश डिसीको पनि स्वर सुन्न सकिन्छ।