माघ १ गते काफल पाक्ने भो (भिडियो)


चलचित्र ‘काफल पाक्यो’ को नयाँ गीत रिलिज भएको छ । भनु कसरी..बोलको गीत जिवन लुईटेल र बर्षा राउत माथी फिचरिङ गरिएको छ । चलचित्र माघे संक्रान्तिमा अर्थात माघ १ बाट प्रदर्शनमा आउने बताइएको छ । चलचित्रमा जीवन लुईटेल, वर्षा सिंह, मुकेश आचार्य, लय संग्रौला, उत्तम केसी, बीएस राणालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र उत्कृष्ट बनाउन आफुले कुनै कसुर नछोडेको निर्देशक खत्रीले बताइन् । उनले भनिन्, ‘राम्रो बनेको छ भन्नेमा म र हाम्रो टिम पुर्ण विस्वस्त छ ।’ खत्रीको यो डेब्यु चलचित्र हो ।
Jiwan-barsha-kafal
चलचित्रमा विकास चौधरीको संगीत, शंकर अधिकारीको गीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र सरिता राजचललेको कोरियोग्राफी रहेको छ । चलचित्रलाई दीर्घ गुरुङ र दीपक बज्राचार्यले छायांकन गरेका छन् ।