फ्राईडे रिलिज लभ भर्सेज लभ


love_for_ever

(सेलिब्रेटी नेपाल) १४ असार- प्रत्येक हप्ताको शुक्रबार तिन वा चारको संख्यामा  चलचित्र सार्वजनिक प्रदर्शनमा आउने गरेका थिए । अहिले असारको झरी र खेति पातिको मौसमले गर्दा हुन सक्छ हप्तामा दुई मात्र चलचित्र रिलिजमा आएका छन्। यो शुक्रबारबाट दुई नयाँ चलचित्र ‘ लभ स्टोरी ०६६ ‘ र ‘ लभ फर एभर ‘ प्रदर्शनमा आएका छन्। ‘लभ स्टोरी ०६६’ स्वर्गीय दिपक रायमाझीले निर्देशन गरेका हुन् भने ‘ लभ फर एभर’ शंकर आचार्यको निर्देशनमा तयार भएको चलचित्र हो।

यो हप्ताको दुवै चलचित्र लभ केन्द्रित चलचित्र हुन् भन्ने शिर्षकले नै बताउछ।  एउटाले भन्छ लभ फर एभर अर्कोले बि सं २०६६ को  लभ स्टोरी लभ भर्सेस लभ मा कुन लभले दर्शक तान्ने हो अब केहि दिनमा थाह हुनेछ।
‘ लभ फर एभर ‘मा गजित विष्ट, सुमिना घिमिरे, शंकर आचार्य, राज आचार्यलगायत कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा चेतन सापकोटाको संगीत, गम्भीर विष्टको नृत्य-निर्देशन, सूर्य थोकरको द्वन्द्व छ भने सम्पादन नवीन निरौलाले गरेका हुन्।

 

लभ स्टोरी ०६६ अभिनेता निखिल उप्रेतीले अभिनय गरेको पछिल्लो चलचित्र हो। यसचलचित्रको लगत्तै  निखील मुम्बई पसेका हुन्। पालो प्रणली कुरेर बसेको यस चलचित्र २०६६ मा निर्माण भएको चलचित्र हो। स्व. दिपक रायमाझी निर्देशित महत्वकाक्षी मानीएको यस चलचित्रबाट लक्ष्मी नारायण सुवाल सिनेमा निर्माणमा प्रबेस गरेका हुन्। लभ स्टोरी ०६६ क्यु प्रणालीको अन्तिम रिलिज चलचित्र हो अब क्यु प्रणाली खारेज भई सकेको छ। चलचित्रमा निखिल उप्रेती अर्जुन कार्की, पूजा लामा, जय किसन वस्नेत, सञ्चिता गुरुङ  लगायतका कलाकारको  मुख्य भुमिका रहेको छ।