‘लभ डायरीज’फर्स्ट लुक संगै प्रदर्शन मिति सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘लभ डायरीज’ को फर्स्टलूक पोस्टर सार्बजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री रुबीना थापासँग सुशील श्रेष्ठ रोमान्टिक देखिएका छन् । सौरभ चौधरी निर्देशित चलचित्र असोज ३ गते बाट सैबजनिक प्रदर्शनमा आउने भएको छ । सौरभ चौधरी पेशाले सिभिल इन्जिनियर हुन् उनको यो डेब्यु निर्देशकीय चलचित्र हो ।

चलचित्रमा सुशील श्रेष्ठ,रुबीना थापा, विश्वजित रिमाल विष्णु सापकोटा, विशाल पहारीको मुख्य भूमिका रहेको छ । रुबिना थापा र बिस्वजित रिमालले यसै चलचित्र मार्फत डेब्यु गर्दैछन् । चलचित्रमा सुशीलले विदेशी मोजमस्तीमा रमाएको युवकको भूमिका निर्वाह गरेका छन् । युवा युवती बिचको माया प्रेम र कमेडीलाई प्रस्तुत गरिएको चलचित्र मनोरन्जनात्मकसँगै सन्देशमुलक रहेको निर्माण पक्षले बताएको छ ।

विनोद सापकोटाले निर्माण गरेको चलचित्रमा सरोज तुलाधरले साझेदारी गरेका छन् ।चलचित्रमा साहिल खानले एसोसियट निर्देशकको रुपमा पहिलो पटक काम गरेका छन् । चलचित्रको सम्पादन समेत साहिल खान हुन्, उनि संग मिलन श्रेष्ठले पनि सहकार्य गरेका छन् । ‘लभ डायरीज’ लाई संजय लामाले खिचेका हुन् भने कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ ।