लालपुर्जा ट्रेलर सौगात र विपिनको भिडन्त (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र लालपुर्जा को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, कामेश्वर चौरसिया मुख्य अभिनय रहेको चलचित्र माघ ४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ।

मिस्टिक कमेडी जनरा बताईएको चलचित्रलाई ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, कामेश्वर चौरसिया लगाएत हरिहर शर्मा, मिरुना मगर, कमलमणि नेपाल, मिश्री थापा, अनिल पाण्डे, कुमार नगरकोटी लगायतको पनि अभिनय रहेको छ । विक्रमसिंह थारु र उमेश श्रेष्ठले निर्माण गरेको चलचित्रमा विक्रमसिंह र निर्देशक स्वयमको कथा रहेको छ ।