लाहुरेको कथामा बन्ने भो ‘बैनाबट्टा’


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुदुरपूर्वका जिल्लामा बसोबास गर्ने आदिबासी जनजातिहरूको पहिचान झल्काउने कथामा चलचित्र ‘बैनाबट्टा’ निर्माण हुने भएको छ । चलचित्रको सोमबार राजधानीमा एक कार्यक्रमबीच मुहुर्त गरियो ।

संघीय समाजवादी फोरमका नेता अशोक कुमार राईले क्यामेराको स्वीच अन गरी चलचित्र को मुहुर्त गरे । सुम्हात्लुङ फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा राज चाम्लिङको निर्देशन रहनेछ । फागुनको पहिलो साताबाट छायांकन हुने चलचित्रले लाहुरेको कथा प्रस्तुत गर्ने निर्देशक चाम्लिङले बताए ।

प्रेम लावतीको लगानी रहने चलचित्रमा देवेन्द्र नेम्बाङ, कविता राई, बाबु मोक्तान, रश्मीला तामाङ, अर्जुन श्रेष्ठ, पूर्ण पोर्तेल, नरेश वानेम, रिया सुब्बा, रोम सिंह लिम्बु, प्रकाश थेबे र निरा राईको अभिनय रहनेछ । चलचित्रमा बुद्धराज इङवा, राज चाम्लिङ र सन्तोष राईको संगीत रहेको छ ।