दुइ महिना पर कृष्णको धुन


(सेलिब्रेटि नेपाल) काठमाडौँ
चैत ६ गतेलाई आफ्नो प्रदर्शनको मिति तय गरेको चलचित्र “धुन” दुई महिना पर सरेको छ । नजिकिँदै गर्दा चलचित्रको प्राविधिक काम नसकिएको र पब्लिसिटी पनि आफुले सोचे जति गर्न नपाएकोले यो निर्णय गरेको चलचित्रका लेखक तथा निर्देशक कृष्ण पौडेल बताउछन् । सांगीतिक प्रेम कथामा निर्माण गरिएको चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष दुक्क देखिएको छ ।
Dhoon
टीनएजरलाई टार्गेट गरिएकोले फलामे ढोकाको रुपमा रहेको एस एल सी मुखमा पर्ने त्यसै गरि कक्षा ११ र १२को पनि अन्तिम परिक्षा नजिकिने समय हुने भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्देशक बताउछन् । जीवन लुईंटेल, नीता ढुङ्गाना, मुकेश ढकाल, श्रेया दुलाल, उमा वेवी लगायतको अभिनय रहेको चलचित्रलाइ कृष्ण आफैले लेखेका हुन् । चलचित्रमा संगीत लक्की सिटौलाको रहेको छ। चलचित्र लाइ बिनोद भट्टले खिचेका हुन् । आफ्नो सारिएको प्रदर्शन मिति तय भै नसके पनि जेष्ठको दोस्रो साता प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दिएको छ ।