कश्मिराको ‘दाईको सालो’ सलोन र नरेन (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘घनचक्कर’ को दोस्रो गीत सार्बजनिक गरिएको छ । यसअघि रिलिज भएको ‘हिरो…’ बोलको गीतले राम्रो प्रतिक्रिया पाई रहेको छ यहि समयमा टिमले दोस्रो गीत ‘दाईको सालो…’ सार्वजनिक गरेको हो ।

गीतमा नव-अभिनेत्री कश्मिरा लामासँग दुई अभिनेता सलोन बस्नेत र नरेन खड्काले कम्मर मर्काएका छन् । विपिन आचार्यको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीको स्वर रहेको छ । चलचित्रमा अभिनेता सौगात मल्लको पनि मुख्य भूमिका रहेको छ ।

जितेन्द्र राजोपाध्याय निर्देशित ‘घनचक्कर’ लाई सुशन प्रजापतिले छायांकन गरेका हुन् । चलचित्रमा सरोज खनाल, जेबी डिसी, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी, दामोदर पौडेल, जनक घर्ति मगर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र सिमोन राजबंशीको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन रहेको चलचित्रको कथा अर्जुन सिंहले तयार पारेका हुन् । कागी लिम्बुको स्क्रिनप्ले र डाइलग रहेको चलचित्रले राजधानीमा आएर स्ट्रगल गर्ने पात्रको कथा बोल्छ । हरि भट्ट सुर्यनाथले निर्माण गरेको चलचित्र पुष १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।