कर्कशको तारेमाम धमाका (भिडियो)



सेलिब्रेटी नेपाल १७ बैशाख-यस बर्षको आशा गरियको चलचित्र कर्कशले आज मंगलबार एक कार्यक्रमका बीच अडियोका साथै प्रमुख गीतको भिडियो सार्वजनिक गरेको छ । केहि समय अगाढी मात्रै सार्बजनिक गरेको प्रोमोले राम्रै चर्चा पाई सकेको छ । ‘तारेमाम’ बोलको गीतले पनि प्रोमो जस्तै चर्चा पाउने विश्वास निर्माणपक्षको रहेको छ ।
यो गीतमा सुरेन्द्रमान सिंहको स्वर, कर्मा ब्यान्डको संगीत र रन्जित आचार्यको शब्द समावेश भयको छ । चलचित्र ‘कर्कश’लाई आशिफ शाहले निर्देशन गरेका हुन् । चलचित्रमा सुरजसिंह ठकुरी, सत्यराज आचार्य, रेमनदास श्रेष्ठ, दयाहाङ राई, राजेन्द्र खड्गी, लुनिभा तुलाधर, राजन इशान, हषिर्का श्रेष्ठ, रागिनी खड्गी, जोसेफ सेबास्चियन, शिशिर वाङ्देल, हलेन्डकी नायिका क्याटालिन जेन्सनको मुख्य भुमिका रहेको छ ।

हेर्नुस भिडियो >>>>>>>>>>>>