कर्कश फर्स्ट ट्रेलर तथा पोस्टर सार्बजनिक



(सेलिब्रेटी नेपाल) १५ चैत्र-म्यूजिक भिडियो निर्देशन तथा मिडियामा लामो अनुभब संगालेका अशिफ शाहको डेव्यू निर्देशन गरेको चलचित्र ‘कर्कश’ को ट्रेलर तथा पोस्टर सार्बजनिक गरियको छ । डेढ मिनेट लामो ट्रेलरलाई कुमारी हलको पर्दामा सार्वजनिक गरिएको हो । चलचित्र आगामी जेठ ३१ गतेबाट देश भरका डि.सि.एन सरभर जडित हलबाट रिलिज हुनेछ ।

यो चलचित्र एउटा म्यूजिकल ब्याण्डको स्टोरी रहेको बताईएको छ । चलचित्रमा डेब्यू गर्दै चर्चित भिजे सुरज सिंह ठकुरीमुख्य रोलमा छन् । उनका साथमा मुख्य कलाकार सत्यराज आचार्य, रेमनदास श्रेष्ठ र दयाहाङ राईरहेका छन् । चलचित्रमा राजेन्द्र खड्गी र उनको छोरी रागिनीको साथमा हर्षिका श्रेष्ठलाई पनि देख्न सकिन्छ ।