सुन्दरी नायिका करिष्मालाई हरितारा चलचित्र पुरस्कार


सेलिब्रेटी नेपाल काठमाडौँ
karishma-manandhar-actor
नायिका करिष्मा मानन्धरलाई ‘हरितारा चलचित्र पुरस्कार ‘२०७१’ले सम्मान गरिने भएको छ । अभिनय मार्फत कलाक्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै यो पुरस्कारले सम्मान गरिन लागिएको हो । हरितारा चलचित्र पुरस्कारको आज बसेको कार्यसमिति बैठकले २०७१ सालको हरितारा चलचित्र पुरस्कार अभिनेत्री श्री करिष्मा मानन्धरलाई दिने निर्णय गरेको हो । बैठकले बि.स.२०७२ को यो पुरस्कार भने पत्रकार शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठलाई दिने निर्णय गरेको छ ।

सदाबहार सुन्दरी अभिनेत्री करिष्मा अढाइ दशक भन्दा बढी समय देखी नेपाली चलचित्रमा क्रियासिल छिन् भने पत्रकार प्रिय २ दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारितामा क्रियाशिल छन् । त्यस्तै डिजाइनर श्रेष्ठ २०४३ साल देखि हालसम्म पनि चलचित्रको बिभिन्न प्रचार सामग्री डिजाइनमा क्रियासिल छन् । पुरस्कारको राशी जनही पच्चिस हजार रुपैयाको रहेको छ । वि.सं. २०५२ सालमा समाजसेवी विजया राणाले स्थापना गरेको यो पुरस्कारका संरक्षक समाजसेवी स्व. विजया राणाका सुपुत्र श्री मनोज सम्सेर जवरा रहेका छन् ।