कमल कृष्ण अब हिन्दि चलचित्रको निर्देशनमा


tere-ishq-mein
(सेलिब्रेटी नेपाल)१८ असार-मंगलबार काठमाडौँ को एक होटेलमा पत्रकार सम्मेलन गरि हिन्दी चलचित्र ‘तेरे इश्क मे’को औपचारिक घोषणा गरिएको छ। इन्ड्रेस खान र अजहर खानको निर्माणमा तयार हुन लागेको यो चलचित्रलाई रावण,फुलस्टप,प्राण भन्दा प्यारो निर्देशन गरि सकेका चर्चित निर्देशक कमलकृष्णले निर्देशन गर्न लागेका हुन्।
kamal-krishna
चलचित्रमा नेपाली र भारतिय कलाकारहरुको अभिनय रहने बताइएको छ । सुशान्त सिंह, शदसिभा अम्रापुरकर, रीना रोय, समिर खान, रेहिशा रेग्मी, बासु पुडासैनी, कमलकृष्ण लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा भारतिय सिनेमाका चर्चित कलाकार शक्ती कपुरले पनि अभिनय गर्ने निर्देशक कमलकृष्णले जानकारी दिए ।चलचित्रको एउटा गीत रारा तालमा खिचिने र बाँकि सबै राजस्थानमा खिचिने निर्देशक कमल कृष्णले जानकारी दिए। अक्टोबरमा राजस्थानबाट सुटिंग सुरु हुने चलचित्रमा द्धन्द्ध निर्देशक नेपालबाटै चन्द्र पन्त रहेका छन् । संगीत भने रिहान खानको रहने छ ।
Rehisha-regmi