‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को औपचारिक घोषणा


सेलिब्रेटी नेपाल

काठमाडौँ: सफल चलचित्र ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’को औपचारिक घोषणा गरिएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने चलचित्रको राजधानीमा एक औपचारिक कार्यक्रम आयोजना गरि तेस्रो सिरिजको घोषणा गरियो ।

चलचित्रको मुख्य कलाकारमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल फाइनल भएका छन् ।

स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने सिनेमामा कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको पनि अभिनय रहनेछ ।

बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार चलचित्रका निर्माता हुन् । जेठ ५ देखि छायाँकनमा जाने चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादनर रोहित शाक्यको पार्श्वसंगीत रहनेछ ।