कामचोर प्रदर्शनको तयारीमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्रको व्यापार फस्टाउन नसके पनि नयाँ निर्माता,निर्देशक कलाकारको प्रवेश भने बढी नै रहेको छ यसै क्रममा अर्को नयाँ कम्पनि ग्रीनहिल भीएफएक्स मिडियाको ब्यानरमा नव निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा नयाँ नेपाली चलचित्र ‘कामचोर’को निर्माण कार्य सम्पन्न भएको छ । छायाँकन सकाएर अहिले यस चलचित्र पोस्टप्रोडक्सनको कार्य भईरहेको कुरा निर्माण संस्थाले जनाएको छ ।
Kaamchor-actor
राजधानीमा आयोजित एक पत्रकार भेटघाटका क्रममा यस चलचित्रका बारेमा जानकारी गराइएको हो । यस चलचित्रलाइ अभिमानसिंह बस्न्यातको प्रस्तुतीमा प्रमोद गौचनले निर्माण गरेका हुन् । चलचित्र ‘कामचोर’ कमेडी–सस्पेन्स कथामा आधारित रहेर निर्माण गरिएको कुरा उक्त कार्यक्रममा चलचित्रका निर्देशक श्रेष्ठले बताए ।
Kaamchor-poster
यस चलचित्रमा पुष्कर रेग्मी, रविन्द्र बस्नेत, अप्सना थापा, एवन उप्रेती, काजल खनाल, रोहन श्रेष्ठ, हर्षिका श्रेष्ठ, बालदिप राई, रविना दास लगायतका कलाकारहरूले प्रमुख भूमिकामा अभिनय गरेका छन । यस चलचित्रको कथा कथा निर्देशक श्रेष्ठलेनै लेखेका हुन भने उनलेनै यस चलचित्रलाइ छायांकन गरेका हुन । यस चलचित्रमा भरत सिटौलाले संगीत दिएका छन ।