जुन २१ तारिख अप्रिल फूल


april-fool-poster

(सेलिब्रेटी नेपाल) २० जेठ-भद्र भुजेलले निर्देशन गरेको चलचित्र अप्रिल फुल असार ७ गते(जुन २१ तारिख) बाट देश ब्यापी रुपमा प्रदर्शनमा आउने भएको छ। अप्रिल फूलमा घटेको एक घटना लाई चलचित्रमा प्रस्तुत गरिएको छ।नव निर्माता द्वय कमल र केशब लामिछानेले चलचित्रको निर्माण गरेका हुन्। युवा पुस्ता लाई लक्षित गरियको चलचित्रको प्रोमो हेर्दा जति ग्ल्यामर र सेक्सी देखिन्छ चलचित्रमा त्यस्तो केहि नभयर सामान्य चलचित्र हो भन्छन निर्देशक भद्र भुजेल । अप्रिल फूलमा मनोज लामिछाने,कुमार लामिछाने,सुमिना घिमिरे,महिमा सिलवाल आदिको अभिनय रहेको छ। चलचित्रले कतिको व्यापार गर्ला रिलिज पछि नै थाह हुने छ।