पछिल्लो समय जमेको जोडी जीवन र निताको भेट बैशाख १८ मा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्र उद्योगमा मात्रै होइन बलिउड तथा हलिउडमा पनि सफल जोडी र लक्की जोडी भनेर मान्ने गरेका छन् केहि वर्ष पहिले राजेश हमाल र करिश्मा मानन्धरको जोडी खुबै जमेको थियो । पछिल्लो समयको सफल जोडी जीवन लुईंटेल र नीता ढुङ्गानाको जोडी अब भने ‘धुन’ मार्फत देखिने भएका छन् । २ बर्ष पहिले प्रदर्शनमा आएको चलचित्र ‘नोटवुक’ देखी पछिल्लो समय प्रदर्शनमा आएको ‘भूलभूलैया’ दर्शकको रोजाईमा परिरहँदा यो चलचित्र माफर्त पुनःपर्दामा देखिन लागेका हुन् यो जोडी । यो जोडी लाइ दर्शक ले मन पराएका कारण पनि चलचित्र धुन सफल हुनेछ । यति बेला नायक जीवन लुइँटेल अमेरिकामा छन् अब कहिले फर्कने हुन् भन्ने निधो छैन । त्यस कारण पनि जीवनका फ्यान हरु लाइ चलचित्र धुन हेर्नु पर्ने जरुरि देखिन्छ ।
Dhoon-nepali-movie
यही चैत्र १८ बाट प्रदर्शनको तयारीमा रहेको म्युजिकल लभ स्टोरीमा आधारित ‘धुन’मा यो जोडीको अनस्क्रिन रोमान्स समेटिएको छ । ‘धुन’मा जीवन र नीतासँगै मुकेश ढकाल, श्रेया दुलाल, उमावेवी लगायतका कलाकारहरुको अभिनय रहेको छ । मालती शाहको प्रस्तुतीमा सुशिल शाह, बिनोद भट्ट, मधुसुदन भट्टराई र श्रेया दुलालको संयुक्त लगानी रहेको ‘धुन’लाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।