४८ दिनमा सकियो ‘जिस्म २’ को छायांकन


सेलिब्रेटी नेपाल


काठमाडौँ:राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिस्म-२’ को ४८ दिनमा छायांकन सकिएको छ । चलचित्रमा रमेश विश्वकर्मा, नमिता खड्का, सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापाको मुख्य भूमिका रहेको छ।

चलचित्रमा संगीत योगेश काजि र लक्ष्मण पौड़ेलको रहेको छ भने द्वन्द अशोक खड्काको रहेको छ । राजेन्द्र बिकको निर्माणमा बनेको चलचित्र चैत्र अन्तिम साता बाट प्रदर्शनमा आउने छ ।