झोले निर्देशकले बनाउने भए पशुपति प्रसाद


(सेलिब्रेटि नेपाल) काठमाडौँ
चलचित्र ‘झोले’का निर्देशक दीपेन्द्र के खनालले अर्को चलचित्र निर्देशन गर्ने पक्का भएको छ । ‘पशुपति प्रसाद’ नाम जुराइएको चलचित्रमा ‘टलकजंग भर्सेस टुल्के’का कलाकार खगेन्द्र लामिछाने त्यसै गरि विपिन कार्की र रविन्द्र सिंह बाँनिया मुख्य भूमिकामा उपस्थित हुने भएको छन् ।
pashupati-prasad
फागुनबाट छायांकन सुरु गर्ने भनिएको चलचित्रमा ‘पशुपति प्रसाद’ एक पात्रको नाम भएको खनालले जानकारी दिएका छन् । चलचित्रलाई रोजिना श्रेष्ठ, रिता श्रेष्ठ, रजना नापितले सम्युक्त रुपमा निर्माण गर्ने भएका छन् । त्यस्तै गरि चलचित्रमा रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता हुने भएका छन् ।