झोला बोकेर यादब भट्टराई ठुलो पर्दामा प्रवेश गर्दै



सेलीब्रेटी नेपाल फागुन १२ गते-दर्जनौ म्युजिक भिडियो निर्देशन गरि सकेका निर्देशक यादब भट्टराई अब झोला नामक चलचित्र बाट ठुलो पर्दाका निर्देशक बनेका छन्  । कृष्ण धरावासीको पुस्तक झोलामा आधारित चलचित्र झोला सती प्रथालाई मुख्य विषय बनाइएको छ  । चलचित्र सुटिंग सकायर युनिट हालै काठमाडौँ फर्कियको छ ।  लेखक धरावासी स्वयम् पनि यसै चलचित्र बाट पर्दामा देखिदैछन् । निर्देशक भट्टराईका अनुसार सिनेमाको सुरुवात र अन्त्य लेखक धारावासीबाटै हुनेछ । स्व.दिपक आलोकको पटकथा एवम् संवाद रहेको चलचित्रमा  गरिमा पन्त,राज तिमल्सिना  र धरावासीको साथमा लक्ष्मी गिरी, देशभक्त खनाल, प्रल्हाद खतिवडा, सुजल नेपाल लगायतका कलाकारहरु मुख्य रुपमा देखिदैछन् । झोला लाई दशै नजिक रिलिज गर्ने निर्माण पक्ष ले जनायको छ ।