राजधानीमा झोला विशेष सो शुक्रबारबाट प्रदर्शनमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
बर्ष २०७० को हिट चलचित्र ‘झोला’ यो शुक्रबारबाट पुनः प्रदर्शनको तयारीमा छ । यो बीचमा विहिवार चलचित्र युनिटको तर्फबाट राजधानीमा ‘विशेष सो’ सम्पन्न गरिएको छ । राजधानीको कमलपोखरी स्थित कुमारी हलमा सम्पन्न ‘विशेष सो’मा चलचित्रकर्मी सँगै साहित्य, संगीत, राजनीति तथा न्यायालय लगायतका विभिन्न विधाका व्याक्तित्वहरु उपस्थित थिए ।
Yadav-bhattarai-jhola
सार्वजनिक प्रदर्शन तथा विभिन्न प्रिमियर र च्यारिटीमा दर्शकको मन जितेको यो चलचित्र हेरेर फकिर्के धेरैको आँखामा आँशु देखियो । चलचित्र हेर्न सभासद द्वय बालकृष्ण खाँड र दिपक गिरी, कान्तिपुर दैनिकका सम्पादक शुधिर शर्माका साथमा विभिन्न साहित्यकार सञ्चारकर्मी तथा बौद्ध भिक्षुहरुको समेत उपस्थिती थियो ।

त्यस्तै डेब्युमा नै सफल चलचित्र निर्देशकको दर्जा पाएका ‘झोला’ निर्देशक यादवकुमार भट्टराईले धेरै दर्शकको माग अनुसार नै चलचित्र पुनः प्रदर्शन गर्न लागिएको जनाए । उनले सति प्रथाको कथा उठान गरेको झोला जस्तै विभिन्न ऐतिहासिक विधामा चलचित्र निर्माण गर्न अग्रसरतको लागी पनि चलचित्र पुनः प्रदर्शनमा दर्शकको साथ आवश्यक रहेको बताए ।

साहित्यकार कृष्ण धराबासीको कथाका आधारित चलचित्र ‘झोला’मा गरिमा पन्त, दिपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी, देशभक्त खनाल लगायतको अभिनय छ । उत्तमकुमार श्रेष्ठको प्रस्तुतीमा तयार चलचित्रमा मालती शाह, राज तिमल्सिना, रामगोपाल थापा र सुशिल शाहको लगानी छ । देश विदेशमा सम्पन्न विभिन्न अवार्ड तथा चलचित्र महोत्सवमा सहभागी तथा पुरस्कृत यो चलचित्रबाट नायिका गरिमा पन्तले बर्ष २०१४ को सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिईन् ।