‘जात्रै जात्रा’ अफिसियल पोष्टर सार्बजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ: चलचित्र ‘जात्रै जात्रा’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शनको एक महिना बाँकी रहँदा अफिसियल फस्टलुक पोष्टर सार्वजनिक गरिएको हो । सार्बजनिक फस्टलुक पोष्टरमा चलचित्रका सवैजसो मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।

चलचित्रको एक पोस्टरमा अभिनेता दयाहाङ राई, विपिन कार्की, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँले दुरबिनबाट केही हेरीरहेका छन् । भने, सोही पोस्टरको दायाँतर्फ अभिनेत्री बर्षा राउत, कलाकार राजाराम पौडेललगायत अचम्मित र खुसी हाउभाउमा देखिएका छन् । अर्को पोस्टरमा भने विपिन रिसाएकी वर्षाको हात समातेर तानिरहेका छन् ।

पोस्टरले पनि धेरै हदसम्म दर्शकलाई चलचित्रप्रति कौतुहलता जगाउने देखिन्छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ ।

चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारहरुको पनि अभिनय छ । मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई शिवराम श्रेष्ठले खिचेका हुन् । निर्देशक भट्टराई आफैंले कथा, पटकथा तथा संवाद लेखेको सिनमामा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत र शंकर महर्जनको द्धन्द्व निर्देशन रहेको छ । चलचित्र आगामी जेठ ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ।