जसितालाई फकाउदै प्रदीप ‘लभ स्टेशन’ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत ‘मेरो आँगनीमा आज जुन उदायो’ सार्बजनिक गरिएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई देखाईएको छ । बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीत रहेको यो गीतमा युवा गायक सुरेश लामाको स्वर रहेको छ । गीतलाई निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । चलचित्रको प्रदर्शन मिति मिति नजिकिँदै गर्दा चलचित्र टिम प्रचार प्रसारमा व्यस्त रहेको प्रस्तुतकर्ता शाहीले जानकारी गराए ।

आलोक शुक्लाको छायाँकन रहेको ‘लभ स्टेशन’ मा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्र चैत्र २२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।