बेरोजगार बन्दै चर्चित नायिकाहरु


rekha thapa
(सेलिब्रेटी नेपाल) ३० असार-दुई वर्षअघिसम्म नायिका रेखा थापासँग भ्याई नभ्याई चलचित्र थिए। उनी वर्षमा आधा दर्जनभन्दा बढी चलचित्रमा ब्यस्त हुन्थिन् । तर यो बर्ष २०७० सालमा यी अभिनेत्रीसँग आफ्नै निर्माणकोको चलचित्र ‘काली’ मात्र छ। विगत नौ महिनादेखि उनले कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् । बाहिरी व्यानरबाट अभिनेत्री थापालाई राम्रो चलचित्र प्राप्त भएको छैन। जसका कारण यी अभिनेत्री विस्तारै फुर्सदिलो हुँदैछिन्।
arunima-lamsal- cbn\
नायिका रेजिना उप्रेती दुई वर्षअघिसम्म निकै व्यस्त थिइन्। गत वर्ष आफ्नो व्यानरमा उनले चलचित्र ‘बरदान’ निर्माण गरिन्। सो चलचित्रको प्रचारप्रसार र रिलिजमै उनको एक वर्ष बित्यो । उनको चलचित्र बरदानकी अर्की निर्माता कविता श्रेष्ठले चलचित्र ‘ढुवानी’ निर्माण गरिन् । त्यो चलचित्रमा नायिका उप्रेती अटाइनन्। २०७० को अवसरमा नयाँ पुस्ताका थुप्रै नायिकाहरु व्यस्त छन्। तर रेजिनासँग एउटा पनि चलचित्र छैन। उनी पनि अभिनयबाट फुर्सदिलो हुँदैछिन् ।
अर्की चर्चित अभिनेत्री झरना थापाको अवस्था पनि रेजिनाको जस्तै छ । थापालाई नायिकाको रुपमा अनुबन्धित गरिएको चलचित्र नो स्मोकिङ बल्ल सुटिंग हुँदैछ। आफ्नो होम प्रोडक्सनको चलचित्र‘फेसबुक’को लगानी sanchita luintel cebnडुबेपछि यी नायिकासँग पनि पछिल्लो समय राम्रा सिनेमा छैनन् ।
दुई वर्ष अघिसम्म नायिका अरुणिमा लम्साल पनि नेपाली चलचित्रकी व्यस्त नायिका मानिन्थिन् । उनी विगत १० महिनादेखि चलचित्रमा आउने तयारीमा छिन्। यसै क्रममा ८ महिनाअघि उनले चलचित्र उर्वसीमा अतिथि भूमिका पाइन्। त्यसपछिबाट उनीसँग पनि चलचित्र छैनन्। उनी पनि अहिलो फुर्सदिलो अवस्थामा छिन् ।
गत वर्षसम्म व्यस्त रहेकी नायिका सौजन्य सुब्बा पनि पछिल्लो समय फुर्सदमा छिन्। नायक तथा निर्माता रोज राणासँग नजिक भएकै कारण उनले राणाको सिनेमामा निरन्तर काम पाएकी थिइन्। पछि राणासँग सम्बन्ध बिग्रियो । त्यसपछि उनले काम पाउन छाडिन। पछिल्लो समय उनीसँग पनि चलचित्र छैन।
सुत्केरी भएपछि अभिनेत्री ऋचा घिमिरे र अर्की अभिनेत्री सञ्चिता लुइँटेल चलचित्रबाट लगभग पलायनको अवस्थामा छन्। यसरी दुई वर्षअघिसम्म व्यस्त रहेका यी अभिनेत्रीहरु अहिले चलचित्रको अभावले अभियनमा फुर्सदमा छन्।