हवल्दार सुन्तलीले जन्म दिनको उपहारमा छबिबाट पाइन् किस्मत २


(सेलिब्रेटि नेपाल) काठमाडौँ
पुराना तथा बरिस्ट निर्माता छविराज ओझाको चलचित्र ‘हवल्दार सुन्तली’ ले पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको २ वटा गीत तथा भिडियो सार्बजनिक गरिएको छ । छविले यस अघि आफ्ना चलचित्रको प्रचारका लागि पत्रकार सम्मेलनको आयोजना कमै मात्रामा गर्ने गर्दथे । टंक बुढाथोकी र दीपक शर्माले संगीत दिएका २ गीत सार्वजनिक कार्यक्रमको सुरुवातमा ‘डोला डोला’बोलको गीत गायक यूवराज चौलागाई र गायिका सहिमा श्रेष्ठल गाएर सुनाएका थिए ।
Hawldar-suntali
कार्यक्रममा ‘डोला डोला’बोलको गीत संगै ‘घन्टी बज्यो’बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । छबि ओझाकै ब्यानर बाट ठुलो पर्दाको चलचित्रमा नायिका बनेकी शिल्पा पोखरेलको जन्म दिनको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नायिकाको जन्मदिनको अवसरमा केक पनि काटियो । नेपाली चलचित्र क्षेत्रका विभिन्न चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको कार्यक्रममा श्याम भट्टराइको निर्देशनमा बन्न लागेको छविराज प्रोडक्शनको नयाँ चलचित्र ‘किस्मत २’को लागि नायिका पनि घोषणा गरियो । छविले नायिका पोखरेललाई जन्मदिनको उपहार भन्दै चलचित्रकी नायिकामा अनुवन्धित गरेका छन् । Shilpa-birthday
चलचित्र ‘हवल्दार सुन्तली’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ र किशोर खतिवडा मुख्य भूमिकामा छन् । पहिलो चलचित्र लज्जा बाट राम्रो प्रतिकृया पाएकी नायिका शिल्पा पोखरेलको मुख्य भूमिका रहेको ‘हवल्दार सुन्तली’ यथार्थ घटनामा बनाईएको निर्माता छविराज ओझाले बताएका छन् । चलचित्रमा शिल्पासँगै किशोर खतिवडा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको छ । आफ्नै सहकर्मीबाट बलात्कृत भएकी प्रहरी हवल्दार सुन्तली धामी माथिको सत्य घटनामा बनेको यस चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।