ज्योतिष हरिहर रोमान्टिक अवतारमा


सेलिब्रेटी नेपाल


काठमाडौँ : चलचित्र ‘शुभलभ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई स्थान दिइएको छ । युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले यसै चलचित्र मार्फत डेब्यु गर्दैछन् । सार्वजनिक पोस्टरमा एक प्रेम जोडीको रोमान्टिक अवतारलाई प्रस्तुत गरिएको छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदिप कुमार उदय हुन् । सन्तोष बाबु लोहनीले निर्देशन गरेको चलचित्र मा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र चैत्र १५ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।