ग्ल्यामर र भल्गर भनेको फरक हो नव नायिका सुशीला


सेलिब्रेटी नेपाल काठमाडौँ
दुइ बर्ष अघि धनकुटा हिलेबाट नायिका बन्ने सोचका साथ काठमाडौँ प्रवेश गरेकी सुशीला तामांङले हाल सम्म करिब आधा दर्जन जति म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन्। भबिस्यमा सफल कलाकार बन्ने योजनाका साथ उनले दुइ बर्ष देखि नै नृत्य तथा अभिनयको क्लास लिराखेकी छिन् नृत्यमा बढी नै रुचि राख्ने सुशीला नृत्य पनि राम्रो नै गर्न सक्छिन। ग्ल्यामर क्षेत्रमा काम गर्ने भए पछि हल्का ग्ल्यामर त हुनु नै पर्छ तर भल्गर चाँही हुनु हुन्न भन्ने उनको सोचाई रहेको छ।
Sushila-lama-tamangअबसरको खोजीमा लागि रहेकी सुशीला जस्तो किसिमको भूमिकामा पनि अभिनय गर्न सक्छु भन्ने आत्माबिस्वास उनीमा रहेको छ। ‘मान्छे हरुले हावाको भरमा केहि नबुझी यो क्षेत्र लाई नराम्रो सोच्दछन त्यो राम्रो होइन यो क्षेत्रम लाग्ने सबै जना नराम्रो बाटोमा लाग्छन भन्ने हुन्न’ उनि भन्छिन ग्ल्यामर र भल्गर भनेको फरक छ भल्गर बन्नु हुन्न तर ग्ल्यामर त चाहिन्छ नि उनको विचार रहेको छ ।