छायांकन सकियो रुप र आरोहीको डेब्यु चलचित्र ‘गीत गजल’


सेलिब्रेटी नेपाल

काठमाडौँ : आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘गीत गजल’ को ३५ दिनमा छायाँकन सकिएको छ । निर्देशक नितिन चन्दका अनुसार चलचित्रको एक गीतको छायाँकन बाँकी राख्दै सम्पुर्ण छायांकन सकिएको छ । ‘गीत गजल’लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।

‘गीत गजल’बाट नेपाली चलचित्र क्षेत्रमा रुप पोखरेल र आरोही सिहंले डेब्यु गर्दैछन् ।चलचित्रमा नयाँ कलाकार भएपनि उनीहरुले उत्कृष्ट काम गरेको निर्माता आरोहण बताउछन् ।चलचित्रमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा कथा,पटकथा तथा संवाद अस्मीत पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।