गोवामा ‘गीत गजल’ को गीत छायांकन हुँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘गीत गजल’ को एक गीतको हाल गोवामा धमाधम छायांकन भैरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा चलचित्रको गीत खिचिएको जानकारी गराए । छायांकन भैरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिएको छ आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन भैरहेको गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत सुरेश लामा र अञ्जु पन्तको स्वर छ । ‘छ कि छैन’ थाहा बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ ।

आरोहण क्षेत्रीले निर्माण गरेको चलचित्र गीत गजलमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक नितिन चन्दले आफुले चलचित्रको गीतलाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी नछोडेको बताए । छायांकनरत गीतलाई सुरेश काफ्लेले छायांकन गरेका हुन् ।

चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।