‘गरुड पुराण’ को गीतमा नाच्नुहोस नगद जित्नुहोस !


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘गरुड पुरण’ युनिटले पछिल्लो समय दर्शक श्रोतले पन पराइ रहेको गीत ‘म त पिरिममा’ को कभर भिडियो प्रतियोगिताको घोषणा गरेको छ । मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगितामा गीतको कभर भिडियोमा उत्कृष्ट नृत्य गर्ने एक समुहले नगद ५० हजार जित्नुका साथै एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउने निर्देशक सुवास कोइरालाले बताए ।

प्रतियोगितामा भाग लिन एकल वा युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर creationmadani@gmail.com मा पठाउनुपर्ने छ । उपलब्ध भिडियोहरु मदानी क्रीएसनको युटुब च्यानलमा अपलोड गरिने क्रीएसनका सिइओ बिष्णुकान्त घिमिरेले बताए ।

दिनेस राउतको शब्द रहेको गीतमा कोसिस क्षेत्री र मनिशा पोख्रेलको स्वर रहेको छ भने रेनशा बान्तवा राइले कोरियोग्राफी गरेकी छिन। गीतमा उदयराज पौडेलको एरेन्ज र कोसिस क्षेत्रीको संगीत रहेको गीतमा निश्चल बस्नेत, कर्म शाक्य, प्रियङ्का सिंह र अन्जली योन्जनको दमदार नृत्य देख्न सकिन्छ। चलचित्र ‘गरुड पुराण’ माघ ४ गते बाट प्रदर्शनमा आउनेछ।