’ग्याङ्गस्टर ब्लूज’ भदौ २ मा रिलिज हुने


सेलिब्रेटी नेपाल काठमाडौँ
gangster blues1
चलचित्र ’ग्याङ्गस्टर ब्लूज’ भदौको २ गते रिलिज हुने भएको छ । यसअघि ७४ भदौ २३ मा रिलिज हुने भनिएको चलचित्र अब भदौको २ गते नै रिलिज हुने भएको हो ।

छायांकनको क्रममा नेपालगंजमा रहेका निर्माता सरोज न्यौपानेले चलचित्रको प्रर्दशन अघि सरेको पुष्टि गरे । उनले अनमोल केसी स्टार चलचित्र ’कृ’को रिलिज फेरबदल नै आफ्नो फिल्मको रिलिज सर्नुको मुख्य कारण बताए ।

चलचित्रमा आशिरमान देशराजसँगै आना शर्मा, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाही ठकुरी लिड अभिनयमा छन् ।