यो शुक्रबार पनि तिन चलचित्रको भिडन्त


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार तिन वटा नयाँ चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गर्दैछन् । तिन फरक जनराका चलचित्र एक आपसमा भिड्न लागेका हुन् सामाजिक कथा बस्तुको चलचित्र ‘सयकडा दश’,एक्सन लभ स्टोरी चलचित्र ‘रणबिर’ र सामाजिक समसामयिक कथा चलचित्र ‘गोपी’ ले प्रदर्शन सुरु गर्न लागेका छन् ।

निर्देशक रामशरण पाठकले निर्देशन गरेको चलचित्र ‘सयकडा दश’ दर्शन नेपाल क्रियसन र डिआर म्युजिक एण्ड ट्रेडिङको संयुक्त ब्यानरमा निर्माण भएको हो कार्यकारी निर्माता कलाकार राजाराम पौडेल हुन् । सयकडा दशमा उत्तम खत्री, डिआर उपाध्याय र संजीव न्यौपानेको लगानी रहेको छ भने चलचित्रमा मनोज निरौला, बालकृष्ण घिमिरे र साजन थापा सह निर्माताको रुपमा रहेका छन् ।

रज्जु प्रधानको प्रस्तुतीमा निर्माण भएको चलचित्रबाट हाँस्य कलाकार मनोज गजुरेल, करुणा श्रेष्ठ, सोनिया राई, उत्तम न्यौपाने लगायतका कलाकारले डेब्यु गर्दैछन् । चलचित्रमा अमृत ढुगांना,राजाराम पौडेल, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्ट, एनबी गुरुङ, टंकराज आचार्य, प्रसिद्ध थापा, मानश्वी निरौला लगायतका कलाकारको पनि अभिनय रहेको छ । सयकडा दशमा रज्जु प्रधानको कथा, निर्देशक रामशरण पाठकको पटकथा तथा संवाद, कल्याण सिंह र जुगोल डंगोलको संगीत, रामेश्वर कार्कीको छायांकन, बनिष शाह र भुपेन्द्र अधिकारको सम्पादन रहेको छ।