फर्स्टलुक सार्बजनिक संगै छायांकनमा ठमेल डट कम


चलचित्रको छयांकन आरम्भ गरेकै दिन फर्स्टलुक सार्बजनिक गरेको छ चलचित्र ठमेल डट कम युनिटले फर्स्ट लुक सार्बजनिक गर्दै युनिट छायांकनको लागि चरिकोट प्रस्थान गरेको छ ब्रजेश खनालको पटकथा सम्वाद रहेको चलचित्र लाइ पाका निर्देशक राजकुमार शर्माले निर्देशन गर्दै छन् ।
Thamel-dot-com
चलचित्रमा अनुप विक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का र नीता पोखरेलको मुख्य भूमिका रहने छ गोपीकृष्ण मुभिजको ब्यानरमा उद्धव पौड्यालको प्रस्तुति रहने चलचित्र तीन यूवा र एक युवतीबीचको प्रेम, रोमान्स र द्वन्द्वमा आधारित हुनेछ । चलचित्रमा एन. बि. महर्जनको द्वन्द्व, वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयका शब्द, राजु विक्रम थापाको छायाँकन, कविराज गहतराज र गोविन्द राईको नृत्य रहने छ ।