‘फिङ्गर प्रिन्ट’ को ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नवीन निरौला निर्देशीत सस्पेन्स थ्रिलर चलचित्र ‘फिङ्गर प्रिन्ट’ को ट्रेलर सार्वजनीक गरिएको छ । नवीनकै लेखन र सम्पादन रहेको चलचित्र फागुन १० गते प्रदर्शनमा आउदैछ । कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले यसको निर्माण गरेका हुन् ।

चलचित्रमा दीपक त्रिपाठी, सरिता लामीछाने,राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की,आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल,सुवास कार्की,जेसिका भुसाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

शंकर आचार्य र अनिल श्रेष्ठ सह-निर्माता रहेको चलचित्र मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौला बताउँछन् । चलचित्रमा दयाराम पाण्डेको गीत,अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको चलचित्रमा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुन सक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको छ ।