प्रतिक्षित चलचित्र होस्टेल रिटर्नस्को दोश्रो ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
प्रदर्शनको क्रममा रहेको चलचित्र ‘होस्टेल रिटर्नस्’ ले चलचित्रको दोश्रो ट्रेलर सार्बजनिक गरेको छ । नेपाली चलचित्र नगरीमा आफ्नो छुट्टै ब्राण्ड बनाएको दुर्गिस फिल्म्सको ब्यानरमा निर्माण भएको तेश्रो चलचित्र ‘होस्टेल रिटर्नस् ’ को सार्बजनिक गरिएको ट्रेलरले बजारमा राम्रो स्थान पाएको छ ।
Hostel-Returns
सार्बजनिक गरिएको ट्रेलरले युवा दर्शकहरुलाई हल सम्म सजिलै तान्ने अनुमान गरिएको छ । रमाइला संवाद, सुन्दर दृश्य र द्धन्द्धका दृश्य नै चलचित्रको मुख्य आकर्षणको केन्द्र बनेको छ । दुर्गिश फिल्म्सको ब्यानरमा सुनिल रावल निर्मित फिल्म ‘होस्टेल रिटन्र्स’ लाई सुरज भूषाले निर्देशन गरेका हुन् । सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, अभय बराल, नाजिर हुसेन लगायतको अभिनय रहेको यस चलचित्रमा अष्ट महर्जनको द्वन्द रहेको छ ।