चलचित्रका नायक जनता र पत्रकार


(सेलिब्रेटी नेपाल) काठमाडौँ
१२ बर्ष अघिको सफल चलचित्र आगो सिक्वेलको रुपमा ‘आगो २ ’निर्माण भएको छ। ‘दश वर्षे जनयुद्धमा जनता र पत्रकार माथि भएको ज्यादतिका बिषयमा आफुले ‘आगो २’ बनाएको निर्देशक मदन घिमिरेले राजधानिमा आयोजित औपचारिक कार्यक्रममा बोल्दै गर्दा बताए। उनले भने ‘जनताको र पत्रकारको बिषय समेटेर चलचित्र बनाएकोले चलचित्रका नायक जनता र पत्रकार हुन्।’
sushil-xetri
चलचित्र असोज ३१ गते बाट देशभर प्रदर्शनमा आउने जानकारी पनि सोहि कार्यक्रम मार्फत गराईयो। निर्माता किसान पोखरेलले निर्माण गरेको चलचित्र ‘आगो २’ म आगो कै नायक सुशील क्षेत्रि दोहोरियका। उक्त कार्यक्रममा चलचित्रको गीत तथा प्रोमो पनि सार्बजनिक गरियो। निर्माता किसानले गुणराज भण्डारी र विजय लामासँग मिलेर चलचित्र बनाएका हुन्। चलचित्रमा सुशिल क्षेत्री ,प्रिया रिजाल, सारिका घिमिरे लगायत कलाकारको अभिनय रहेको छ।