चलचित्र बर्गिकरणको मुद्धा विकास बोर्डको पक्षमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Board-filmधेरै समय देखि बिबादमा रहेको चलचित्र बर्गिकरणको बिषय टुंगो लागेको छ । चलचित्र बर्गिकरण क्यामेराको आधारमा हुने भएको छ । चलचित्र विकास वोर्डलाई विपक्षी बनाउँदै निर्देशक केपी पाठकले चलचित्रलाई क्यामेराको आधारमा बर्गिकरण गर्न नहुने भन्दै सर्वोच्चमा दायर गरेको रिटको फैसला वोर्डको पक्षमा परेको छ अब विकास वोर्डले चलचित्र र हलको बर्गीकरणलाई अगाडि बढाउने छ ।

वि.सं. २०६८ साल माघ १७ गते गरिएको चलचित्र र हल बर्गिकरणको निर्णय माथि परेको मुद्दामा बोर्डले यसै साता विजय हासिल गरेको हो । वर्गिकरणको फैसला भयपछि अब स्तरिय चलचित्र निर्माण हुने संकेत देखाएको छ । यतीबेला चलचित्र विकास बोर्ड अहिले अध्यक्ष बिहिन भएको छ । जसका कारण पनि अध्यक्ष नियुक्ती तत्काल आवश्यक देखिएको छ ।