मुस्कुराऊँदै..आयो चलचित्र एक पल को गीत (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र बजारमा नयाँ चलचित्रको निर्माण तथा प्रदर्शन बढी नै रहेको छ यसै क्रममा एक नयाँ चलचित्रको निर्माण सकिए संगै एक गीत सार्बजनिक गरिएको छ । राज शाक्यले निर्देशन तथा सम्पादन गरेको चलचित्र ‘एक पल’ को दिपक लिम्बु र रजिना रिमालको आवाजमा रहेको गीतमा शब्द तथा संगीत महेश खड्काको रहेको छ ।
ek pal nepali movie
चलचित्रमा राम महर्जन जेनिशा के.सी र आकाश जंग शाहको मुख्य भूमिका रहेको छ । कविराज गहतराजको कोरियोग्राफी गरेको चलचित्र लाइ कृष्ण श्रेष्ठले छायांकन गरेका हुन् । आर एल महर्जनले निर्माण गरेको चलचित्रको प्रदर्शन मिति भने तय भई सकेको छैन ।