दुर्गिश फिल्मस एक साथ तीन चलचित्रको घोषणा


सायद,होस्टेल र होस्टेल रिटर्न्स निर्माण गरेको दुर्गिश फिल्मसले एक साथ तीन चलचित्रको घोषणा गरेको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि ब्यानरले ‘लाउरे’ र ‘लभ नम्बर’ घोषणा गरेको हो । सायद २ मा शुसिल श्रेष्ठ,कुशल पाण्डे,अमृत ढुगांना,शुशिल सिटौला,निशा कार्की र रुबिना श्रेष्ठ लगायतका कलाकार मुख्य भुमिकामा रहने भएका छन् । यस चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गर्ने भएका छन् । यस्तै निगम श्रेष्ठले निर्देशन गर्ने चलचित्र लाउरेमा बिक्रम सिंह र सलिनमान बानियाँ तय भईसकेको निर्माण पक्षले जानकारी गराएको छ ।
sayad 2 durgish
घोषित चलचित्र मध्ये ‘लाउरे’मा विक्रम सिंह र सलिनमान बानियाँको मूख्य अभिनय रहेनछ । ‘छड्के’ निर्देशक निगम श्रेष्ठले यो चलचित्र निर्देशन गर्नेछन् । असार २३ बाट चलचित्र फ्लोरमा जानेछ ।

त्यस्तै, ‘लभ नम्बर’ अष्ट्रेलियामा छायांकन हुनेछ । चलचित्रमा अभिनय गर्ने कलाकारहरु छनौट भइसकेका छैनन् । अष्ट्रेलिया निवासी मनोज अधिकारीको ‘लभ नम्बर’सँग टिमअप छ । दुर्गिश फिल्मस ब्यानरका यि तीनै चलचित्रमा ईश्वर श्रेष्ठ र सुवास लामिछानेपनि निर्माता रहनेछन् ।