‘डोली’ को ट्रेलर सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : राजबहादुर सानेको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘डोली’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा लभ, एक्शन, कमेडीको समिश्रण देख्न सकिन्छ । किरण नेपालीको निर्माण, जयराम थापाको छायांकन रहेको चलचित्र तारा थापा किम्भेले सम्पादन गरेका हुन् । रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको डोलीले मनोरञ्जनका साथै सामाजिक बिषय वस्तुलाई आधार बनाएर निर्माण गरिएको छ ।

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र ‘डोली’ मंसिर २८ गते देखी प्रदर्शन हुँदैछ ।