निर्देशक शिब रेग्मीको दुवै मृगौलाले काम गर्न छाड्यो


shiv-regmi
(सेलिब्रेटी नेपाल) २६ असार-ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तिन भाई, कहाँ भेटिएला, सुख दुख जस्ता हिट चलचित्रका निर्देशक शिब रेग्मीको दुबै मिर्गौला फेल भएको छ । उनको दुबै मिर्गौला फेर्नु पर्ने बताइएको छ। १८ दिन अस्पताल भर्ना भएका रेग्मी अहिले स्वास्थ्यमा केही सुधार आएपछि घरमै आराम गरिरहेका छन् ।

उनको साउन महिना भित्र मृगौला प्रत्यारोपण गर्ने बताइएको छ। शिवका आफ्नै भाइले एउटा मृगौला दिन लागेका छन्। अहिले रेग्मीको नियमित डाइग्नोसिस गर्नु पर्छ। विगत ७ महिनादेखि उपचारार्थ निर्देशक रेग्मीका छोरा बंगलादेशमा डाक्टरी पढिरेहका छन् भने २ छोरी पनि अध्ययनकै क्रममा छन् । पाँच दशकको उमेरमा पुगेका निर्देशक रेग्मीले आफ्नो उपचारको लागि चलचित्र सँग सम्बन्धित सँघ संस्था बाट सहयोगको अपेक्षा राखेका छन्। उनको मृगौला फेर्न करिब १५ लाख खर्च लाग्ने बताईएको छ।