दिपशिखाको ‘प्रेमलीला’ पोष्टर सार्वजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ :
अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलीला’ को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका तीन मुख्य पात्र दिपशिखा खड्का,अलि खान र मौसम खड्का अटाएका छन् ।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको फर्स्ट लुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेको छ । चलचित्रमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

चलचित्रमा दीपशिखा अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । अभिनेत्री खड्का कै कथा तथा लेखन रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुनिल मानन्धरले वितरण गर्न लागेको चलचित्र माघ २५ बाट देशभर रिलिज हुनेछ ।