दिनेश डिसीले दिय राजिनामा निर्देशक समाजमा तनाव


(सेलीब्रेटी नेपाल ) १३ फागुन- दिनेश डिसीले निर्देशक समाजको महासचिब पद बाट अचानक राजिनामा दिएका छन् ।गत पौष ६ गते कार्यसमिति  सदस्यबाट महासचिव पदको जिम्मेबारी पाएका डिसीले विविध असन्तुष्टी जनाउदै आज निर्देशक समाजमा आफ्नो राजिनामा पत्र पठाएका हुन । उनले आफैले डेब्यू गराएको हिरो गजित बिष्ट मार्फत समाजमा राजिनामा पत्र पठाएका हुन ।  चलचित्र कर्मिको आन्दोलन लाई  डिसीले स्वीकारेका थिएनन जुन समय देखि समाजका अन्य पदाधिकारी र उनीबीच दुरी बढेको थियो । डिसीले आज अचानक राजिनामा दिदा निर्देशक  समाजमा तनाव उत्पन्न भएको छ । यध्यपी समाजका अध्यक्ष विमल पौडेलले डिसीसंग एक पटक छलफल गरेर मात्र उनको   राजिनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने बिषयमाथि निर्णय गरिने प्रतिक्रिया दिएका छन् ।