दिपशिखाको ‘प्रेमलीला’ प्रदर्शन मिति परिवर्तन


सेलिब्रेटी नेपाल

काठमाडौँ: माघ २५ गतेलाई आफ्नो प्रदर्शन मिती तय गरेको चलचित्र ‘प्रेमलीला’ले आफ्नो प्रदर्शनलाई पछी सारेको छ । चलचित्रको भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएपछी चलचित्र निर्माण टिमले प्रदर्शनलाई पछी सारेको चलचित्रकी अभिनेत्री दिपशिखा खड्काले बताएकी छिन् । चलचित्र अब फागुन १० गते देखि प्रदर्शन हुनेछ । वितरक कम्पनी र निर्माण टिम बिच फागुन १० मा चलचित्र सार्वजनिक प्रदर्शनमा ल्याउने सहमती भइसकेको समेत नायिका खड्काले बताएकी छिन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेको छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ ।

चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको चलचित्र लाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।