दीपक मनाङे फेरी चलचित्र निर्माण गर्दै


सेलिब्रेटी नेपाल

काठमाडौँ: प्रदेश नम्बर ४ मनाङ जिल्ला ‘ख’का प्रदेश सभा निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले फेरी चलचित्र निर्माण गर्ने भएका छन् । केहि बर्ष अघि चलचित्र ‘वन वे’ मा लगानी गरेका गुरुङको अनटाइटल प्रोजेक्टलाई ‘तिमि सँग’ फ्रेम्ड निर्देशक शिशिर राणाले निर्देशन गर्नेछन् ।

बुधबार मनाङे सहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिरलाई साइन गराए । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन भने कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली रहेका छन् । चलचित्रले विवाह पछिको दम्पतिको प्रेमकथा भन्छ । चलचित्रको स्क्रिप्टको काम सकिएको छ र एउटा गीत पनि तयार भइ सकेको छ चैत अन्तिम तिरबाट छायाँकन जाने लक्ष्य लिएको चलचित्रको कलाकार छनोटको कार्य भइ रहेको निर्देशक राणाले जानकारी दिए ।