दशैंमा जस्तो तिहारमा चलचित्र चलेन


(सेलिब्रेटी नेपाल) २२ कार्तिक-तिहारमा विन्दास २ र मधुमासले उत्साह जनक व्यापार गर्न सकेनन् । यद्पी यी चलचित्रको व्यापार निराशको भने नरहेको वितरक हलवाला एवं निर्माताले दाबी गरेका छन् ।
Bindas-2-poster
वितरक, निर्माता एवं हलवाला नरेन्द्र महर्जन भन्छन्- ‘दशैंमा जस्तो तिहारमा चलचित्र चलेनन् तर, व्यापार निराशको भने छैन। हलमा चलचित्र हेर्न आउने दर्शकको संख्या उल्लेख्य छ।’नेपाली चलचित्रको व्यापारमा ऋतिक रोशनको कृष ३ बाधक बन्यो। कृषले नेपालबाट एक करोड माथिको व्यापार गर्दा नेपाली चलचित्रलाई भने ४० लाखको लगानी रिकभर गर्न धौ-धौ भएको छ। मोफसल वितरक विक्रम पराजुलीले विन्दास २ को व्यापार निराशको नरहको बताए । उनले तिहारको ३ दिन चलचित्रले उत्साहको व्यापार गरेको समेत जनाए। राजु गिरी निर्देशित चलचित्रले लगानी उठाउने अड्कल गरिएको छ । चलचित्रमा जीवन लुइटेल, सुष्मा कार्की लगायतको अभिनय रहेको छ ।

यता मधुमासका निर्माता बाबुराम दाहालले नेपाल रिलिजबाट चलचित्रको लगानी रिकभर हुने आशा व्यक्त गरेका छन् । चलचित्रले सोचे अनुरुपको व्यापार गर्न नसकेपनि तिहारमा उत्साहको व्यापार गरेको जानकारी दिदैं निर्माता दाहालले ओभरसिजको व्यापार नाफामा रहने बताए ।