फ्राईडे रिलिज सामाजिक र प्रेमकथा पर्दामा


सेलिब्रेटी नेपाल

काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार तिन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ‘दैलो’, ‘गुनगुन’ र ‘अनुग्रह’ यस हप्ता प्रदर्शनमा आएका चलचित्र हुन् । तीनै चलचित्रले मल्टिप्लेक्समा स्थान पाएका छैनन । तिनै चलचित्र सिंगल थियटरका मध्यमवर्गिय दर्शक लक्षित रहेका छन् ।

सामाजिक कथामा निर्मित चलचित्र ‘दैलो’ लाई सुरेश उप्रेतीले निर्माण र निर्देशन गरेका हुन् । निर्देशक स्वयं चलचित्रका प्रमुख कलाकार हुन् । उनका अलावा दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय रहेको छ । अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले चलचित्र निर्माण गरेका हुन् ।

त्रिकोणात्मक प्रेमकथा चलचित्र ‘गुनगुन’ लाई तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, पुकार भट्टराई, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय रहेको छ ।

यस्तै, कुमार केसीको निर्देशन रहेको चलचित्र ‘अनुग्रह’ मा सुभाष मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, सञ्जय न्यौपाने, राज गिरी, क्रिस्टिना रार्इ, दीपशिखा सिलवाललगायतको अभिनय रहेको छ । सन्तोष खवासले चलचित्र निर्माण गरेका हुन् ।