दाल भात तरकारीको कुरा गर्दै पुष्प र आंचल (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:महसंचारको व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समाबेश गीत सार्बजनिक गरिएको हो । चलचित्र आगामी बैशाख २० गतेबाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । पहिले यो चलचित्र वैशाख १३ गतेबाट प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । चलचित्रको टेक्नीकल काम नसकिने भएपछि एकसात पर सार्नु परेका निर्माता तथा प्रस्तुतकर्ता किरण केसीले बताए । सार्वजनिक गीतमा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा राजेश पायल राई र स्मिता दाहालको स्वर छ । भने सार्वजनिक गीतलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

हरिवंश आचार्यको कथा, पटकथा तथा सम्वाद रहेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यो सुदनको डेव्यु निर्देशकीय चलचित्र हो । ‘दाल भात तरकारी’लाई रमिला आचार्य, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यमन श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।