साईवर अपराधमा ‘सञ्जाल’


Benisha-hamal

(सेलेब्रेटी नेपाल) २७ साउन-साईवर अपराधीलाई तह लगाउन र जनतामा साईवर अपराधका बारेमा जनचेतना फैलाउन ‘सञ्जाल’ नामक चलचित्र निर्माण हुने भएको छ ‘बुरान’ नामक चलचित्र बनाएर राष्ट्रिय अवार्डसमेत हात पारेका निर्देशक श्री राम दाहालले चलचित्रले केहि हदसम्म साईवर क्राईमलाई रोक्न मद्धत पु-याउने बताए।

दिपेश सापकोटाको प्रस्तुती रहने चलचित्रमा जे.वि. डिसी, शिखा शाही, बिजय बिस्फोट, सुरेश चन्द र प्रवन भुषालको मुख्य भुमिका रहने छ । चलचित्रमा नायिका बेनिशा हमाल पनि बिशेष भुमिकामा देखिँदैछिन् ।

बालकृष्ण सेवाचार्यको संगीत, अष्ट महर्जनको एक्सन रहने ‘सञ्जाल’लाई सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले काठमाडौंका विभिन्न स्थानमा खिच्नेछन्। सुरेन्द्र पौडेलले चलचित्रको सम्पादन गर्ने भएका छन्।