Crazy Lover In Quatar


crazy-lover
(सेलिब्रेटी नेपाल) २१ जेठ-GROUP ONE CREATION को प्रस्तुतीमा पहिलो पटक नेपाली र बंगालीको लगानीमा चलचित्र “CRAZY LOVER” बन्ने भएको छ । नेपाली र बंगाली दुबै भाषाको प्रयोग गरिने उक्त चलचित्रको प्रदर्शनीको समयमा देश अनुसार को subtitle र dubbing गरिने छ । कतारमा ८० प्रतिशत र नेपालमा २० प्रतिशत छायांकन हुने भनिएको उक्त चलचित्रको छायाँकन जुलाईको पहिलो हप्ता कतार बाट सुरु गर्ने कुरा निर्माण पक्षले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा नेपाली चलचित्र को माग बढी रहेको समयमा अन्तराष्ट्रिय मुलुक हरुमा नै छायांकन र प्रदर्शन गर्न सके नेपाली चलचित्र लाई केहि हद सम्म भए पनि सहयोग पुग्ने आशाका साथ उक्त चलचित्र बनाउन लागेको प्रस्तुतकर्ता नरेन्द्र सेन ठकुरीले बताएका छन् ।
चलचित्रमा नेपाली, बंगाली र अन्य देशका पनि कलाकार हुने छन भने केहि कलाकार र प्राबिधिक टोली नेपाल बाट जानेछन ।

बंगाली र नेपाली दुइ भाषामा बन्ने नया कथा हुनुका साथै विदेशमा नै बसेर पनि नेपाली चलचित्रमा अभिनय गर्न पाउदा आफु निक्कै उतासहित र प्रफुल्ल भएको नायक बिष्णु कार्कीले बताएका छन् । दुइ देश को मानिस हरु अर्को देशमा गएर भाषा , संस्कृति , देश ,रहन सहन नमिल्दा पनि कसरि मायामा पर्न सक्छन भन्ने real story लाई उक्त चलचित्र मा देखाउन खोजिएको कुरा चलचित्रका निर्देशक भविन्द्र तामांग ले बताएका छन् ।

IAF QATAR (अन्तराष्ट्रिय कलाकार मंच कतार) को बिसेष सहयोग रहने “CRAZY LOVER” को निर्माता मोहमद फाहद रहेका छन भने भबिन्द्र तामङ निर्देशक रहेका छन । उक्त चल्चित्रका प्रमुख पात्रहरुमा नायक बिष्णु कार्की ,नायिका सोभिता सिम्खडा , बंगाली नायक मोहमद फाहद ,मोहमद ममुन रहेका छन भने नेपालका चर्चित मोडेल भानु शर्माले पनि पहिलो पटक ठुलो पर्दाको चल्चित्रमा डेबु गर्दै छन । उक्त चलचित्रको अर्की नायिका नेपाल बाट जाने तयारी भईरहेको पनि निर्देशक तामङले जानकारी गराय।