सुन्दरी देखेर आँखा सन्कियो ‘कप्स’ आइटम गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्) को दोश्रो गीत सार्बजनिक गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो…बोलको यो आईटम गीतमा कुनै डान्स क्लबमा नृत्यको दृष्य देखाइएको छ । त्यहाँ चलचित्रका नेगेटिभ चरित्रहरु छन् । उनीहरुको निगरानी गर्न प्रहरी अधिकारी अभिनेता अनुप बिक्रम शाही पुग्छन् । यो गीतलाई मिना निरौला र स्वयम्भुराज शाक्यले गाएका हुन् । जसमा स्वयम्भुराज शाक्यकै संगीत छ । गीतको रचनाकार सुरेन्द्र राना हुन् ।

यो चलचित्रलाई अग्रज कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । उनका अनुसार चलचित्रको कथा अनुसार राखिएको यो आईटम गीत हो । यो चलचित्र प्रहरी सेवाको कथामा केन्द्रित रहेको निर्देशक सापकोटाले बताए । गीतमा नृत्य कलाकार रिया प्रधानकोे नृत्य निकै आकर्षक बनेको छ । गीतको नृत्यलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

यो चलचित्रमा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतको अभिनय छ । आर्या मुभिज र सारा श्री मूभिजले निर्माण गरेको यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन, साम्राट सापकोटाकै लेखन रहेको छ । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । आगामी १७ जेठबाट देशव्यापी चलचित्र प्रदर्शनमा आउने छ ।